punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

Chaupati
safha napa

दार्चुलाको मार्मा गाउँपालिकामा थप मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने भएको छ। विटुलेभन्दा माथिल्लो क्षेत्रमा निर्माण हुने सो आयोजना २८ दशमलव ३० मेगावाटको हुने जनाइएको छ।

दार्चुला पावर प्रालीले सो जलविद्युत् आयोजना अघि बढाउन लागेको हो । आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण अध्ययनको काम सुरुआत भएको कम्पनीले जनाएको छ।

अध्ययनका क्रममा कम्पनीले आयोजना निर्माण गर्दा स्थानीय क्षेत्रको भौतिक, जैविक, प्राकृतिक, सांस्कृतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा पर्नसक्ने असरबारे सरोकारवालासँग रायसुझाव माग गरेको छ । यसका असरबारे सम्बन्धित सरोकारवालालाई एक साताभित्र आइपुग्ने गरी रायसुझाव पठाउन अपिल गरिएको छ।

मार्मा २, ३, ४, ५ र ६ भएर बग्ने चमेलिया नदीको पानी प्रयोग गरी लामबगरमा बाँध निर्माण गरिने कम्पनीले जनाएको छ। बाँधमा जम्मा भएको पानी करिब सात हजार ८० मिटर लामो हेडरेस पाइपमार्फत सतही विद्युत्गृहमा खसाली विद्युत् उत्पादन हुनेगरी डिजाइन तयार गरिएको कम्पनीले जनाएको छ।

आयोजना सम्पन्न गर्न रु छ अर्ब १८ करोड ९४ लाख ४४ हजार लागत अनुमान गरिएको छ । आयोजना सम्पन्न भएपछि वार्षिक सरदर ११८ दशमलव ५२ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ।

यही खोलामा अहिले ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत् आयोजना निर्माणाधीन छ। आयोजनाको ४० प्रतिशत बढी काम पूरा भएको छ । भने शैल्यशिखर नगरपालिकाको वडा नं १ शिखर बलाँचमा ३० मेगावट चमेलिया जलविद्युत् निर्माण भएको छ।

अहिले निर्माणाधीन चमेलिया जलविद्युत्को ड्याम अपिहिमाल गाउँपालिका– ५ को ओखल नजिकै निर्माण गरेर मार्मा– २ घट्टेगाडमा पावर हाउस निर्माण गरिएको छ । विद्युत् निर्माणपछि यो क्षेत्रमा विकासको ढोका खुला हुने विश्वास गरिएको छ।

अहिले अपिहिमाल गाउँपालिकाको मकरीगाडमै १० मेगावटको मकरीगाड हाइड्रोपावर निर्माणाधीन छ। भने अपिहिमालको वडा नं १ मा ६० मेगावाटको विद्युत् उत्पादन गर्नेगरी सम्भाव्यता अध्ययनको काम भइरहेको छ।रासस


१८ भदौ २०७८, शुक्रवार १६:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु