punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बेलौरी नगरपालिकाका नौ जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी

Chaupati
safha napa

नेकपा (एमाले)बाट निर्वाचित बेलौरी नगरपालिकाका दुई वडा अध्यक्षसहित नौजना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन्।

वडा नम्बर ९ का अध्यक्ष शम्शेर सिह पेला र वडा नम्बर ८ का अध्यक्ष नन्दकुमार रानाले एकीकृत समाजवादी रोजेका हुन्। उनीहरुले बिहीबार जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरमा सनाखत गरेका छन्।

स्थानीय तह निर्वाचनमा बेलौरीमा चार वडामा एमालेले अध्यक्ष जितेको थियो। वडा नम्बर २ र ४ का वडा अध्यक्ष एमालेमै छन्।

वडा अध्यक्षसँगै कार्यपालिका सदस्यहरु विनोद नेपाली, तुलसी श्रेष्ठ र धनबहादुर सार्कीले पनि एमाले छाडेका छन्। वडा नम्बर ३ का वडा सदस्य रामप्यारी विक, ९ का सदस्यहरु सुनादेवी दमाई र ८ का वडा सदस्य राजमान चौधरीले पनि एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) रोजेका छन्। वडा नम्बर ३ मा विक मात्रै एमालेबाट निर्वाचित भएकी वडा सदस्य हुन्।

बेलौरी नगरपालिकाको कार्यपालिकामा नेकपा एमालेका ११ सदस्य थिए। पाँच जनाले नयाँ दल रोजेपछि एमाले ६ सदस्यमा समेटिएको छ।

जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका नायब सुब्बा भानबहादुर महराले बेलौरी नगरपालिकाका नौजना जनप्रतिनिधिले निर्वाचन कार्यालयमा आएर एकीकृत समाजवादीका लागि सनाखत गरेको बताए।


१८ भदौ २०७८, शुक्रवार ०९:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु