punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राष्ट्रिय जनमोर्चाद्वारा समानान्तर कमिटी गठन गर्ने ५ नेता निष्कासित

Chaupati
safha napa

राष्ट्रिय जनमोर्चाले सुदूरपश्चिममा समानान्तर कमिटी गठन गर्ने पाँच जना नेतालाई निष्कासित गरेको छ ।

धनगढीमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै जनमोर्चाले अवैधानिक भेला राख्ने र समानान्तर कमिटी गठन गर्ने नेताहरुलाई अनिश्चित कालका लागि साधारण सदस्यसमेत नरहने गरेर सबै पदबाट हटाइएको जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा अवैध भेला बोलाएको तथा फुटपरस्त गतिविधि गरेको भन्दै पार्टीका केन्द्रीय सदस्य लालबहादुर जाग्री, केन्द्रीय सल्लाहकार लोकेन्द्र लम्साल, केन्द्रीय पार्षदहरु लक्षीराम आचार्य, केशवनाथ योगी, गोविन्द विकलाई साधारण सदस्यबाट समेत निष्कासन गरिएको पार्टीका प्रदेश अध्यक्ष नन्दराज भट्टले बताए।

पत्रकार सम्मेलनमा राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले सुदूरपश्चिममा समानान्तर समिति गठन गर्दै त्यसको नेतृत्व गर्नेलाई कारर्बाही गरिएको बताए।

सो अवसरमा बोल्दै भट्टले एमाले अध्यक्ष केपी शर्मा ओलीले पटक–पटक संसद बिघटन गरेको र गणतन्त्र र धर्म निरपेक्षतालाई समाप्त पार्न खोजेको जनमोर्चा त्यसका बिरुद्ध पाँच दलीय गठबन्धनमा सहभागी भएकोसमेत बताए। उनले यही कुरा सह्य नभएर पार्टी भित्रका फुटपरस्त नेताहरुले समानान्तर कमिटी गठन गर्ने हर्कत गरेको आरोप लगाए ।

यसअघि सुदूरपश्चिममा जनमोर्चाका प्रदेश कमिटी उपाध्यक्ष रहेका लम्सालको अध्यक्षतामा नयाँ प्रदेश कमिटी गठन गरिएको थियो।


१८ भदौ २०७८, शुक्रवार १२:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु