punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमसीसीकी उपाध्यक्ष अचानक नेपाल आउँदै, के हो भित्री रहस्य ?

Chaupati
safha napa

एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपाल आउन लागेकी छन् । सम्झौताबमोजिम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को सहयोगार्थ रकम कार्यान्वयन नभएपछि उनी अचानक नेपाल आउन लागेकी हुन् । उनी अर्को साता नेपाल आउने तयारीमा छन्।

एमसीसीको विभिन्न पदमा रहेर काम गरिसकेकी उनी एमसीसी उपाध्यक्ष नियुक्त भएसँगै नेपाल आउन आतुर रहेको बताइन्छ । चासोको विषय त के छ भने चार वर्षअघि नेपाल र अमेरिकाबीच भएको सम्झौतामा अमेरिकाको तर्फबाट उनले नै प्रतिनिधित्व जनाएकी थिइन् ।

तर, नेपाल सरकार, अर्थमन्त्रालयसँग अमेरिकाले एमसीसी कार्यान्वयन गर्न सम्झौता गरेको ४ वर्ष वितिसक्दा पनि ठोस निर्णय भइसकेको छैन । र, आफ्नै कार्यकालमा उक्त सम्झौता कार्यान्वयन गर्न उनी नेपाल भ्रमणको तयारीमा छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी सम्झौता संसदबाट टेबल गर्न भने पनि छलफल भएन । आफ्नै पार्टी नेकपा एमालेका उपाध्यक्ष भीम रावलले यस विषय खरो अभिव्यक्ति दिँदै आएका छन् ।

उनले नेपालमा एमसीसी आए सैनिकको परेड खेल्ने ठाउँ हुने र अमेरिकाको इशारामा चल्नुपर्ने भन्दै उक्त सम्झौता कार्यान्वयन गर्न नहुने बताउँदै आएका छन् । त्यसो त अहिले एमसीसी पास गर्ने सन्दर्भमा सडकदेखि सदनसम्म विरोध प्रदर्शन भइरहेका पनि छन् । सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रलगायत थुप्रै दल एमसीसीको विरुद्धमा छन् ।

उनीहरु सम्झौता संशोधन गरेरमात्र एमसीसी पास गर्न सकिने नत्र पास नहुने भनेर भनिरहेका छन् । तर, देउवा नेतृत्वकै पालामा सम्झौता भएको एमसीसी अहिले घुम्दै फिर्दै देउवा नेतृत्वकै सरकारमा उक्त सम्झौता कार्यान्वयन गर्ने कि नगर्ने भन्ने परिस्थिति सिर्जना भएको छ ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी संस्था एमसीसीको सहयोगार्थ रकम संसदबाट पास गर्न पाइला छिटछिटो चालेका छन् ।

तर, एउटै डुंगामा सयर सत्तासाझेदारी दलहरु एमसीसीबारे अहिले त्यत्ति धेरै चासो दिएको देखिँदैन । केही विज्ञहरुले यहीँ एमसीसीकै कारणले सरकारमा द्वन्द्व उत्पन्न हुने पनि बताउँछन् ।


१६ भदौ २०७८, बुधवार १५:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु