कर्णालीका तीन सांसद नेकपा एसमा
कर्णालीका तीन जना एमाले सांसदले एकीकृत समाजवादी रोजेका छन्।बुधबार मुगुबाट निर्वाचित सांसद् चन्द्रबहादुर शाही, रुकुमबाट निर्वाचित देवी ओली र जुम्लाका पदमबहादुर रोकायाले समाजवादीको पक्षमा सनाखत गरेका हुन्।
उनीहरुले सुर्खेतस्थित निर्वाचन आयोगको कार्यालय पुगेर एमाले छाडेका हुन्। कर्णालमा ओली र शाही पहिलेदेखि नै माधव नेपालको पक्षमा लागेका थिए। बुधबार रोकायाले पनि औपचारिक रुपमा नेपाल नेतृत्वको पार्टी रोजेका हुन्।
यसअघि नेपाल पक्षका सांसदहरु प्रकाश ज्वाला, अम्मर बहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहील फ्लोर क्रस गरेर मुख्यमन्त्री महिन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए।उनीहरुलाई पार्टीले कारबाही गरिसकेको छ।
१६ भदौ २०७८, बुधवार १४:३२ बजे प्रकाशित































