punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रदेश १ मा एमालेका १० सांसदले रोजे एकीकृत समाजवादी

Chaupati
safha napa

प्रदेश १ मा नेकपा एमालेका १० जना सांसदहरुले नेकपा एकीकृत समाजवादी रोजेका छन् । उनीहरूले बुधबार एकीकृत समाजवादीमा सनाखत गरेका छन् । राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, कृष्णकुमारी राई, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर सनाखत गरेका हुन् ।सांसद राजेन्द्र राईले १० जनाले एकीकृत समाजवादी रोजेको जानकारी दिए।

१० जनाले नयाँ पार्टी रोजेसँगै प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परेका छन् । माधव नेपाल खेमा छाडेर केपी ओली खेमामा लागेका आचार्य १० भदौमा प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका थिए । अल्पमतमा परेपछि उनले विश्वासको मत लिनुपर्नेछ ।

९२ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका ५१ सांसद थिए । १० जनाले नयाँ दल रोजेपछि एमालेमा ४१ सांसद मात्रै हुनेछन् । प्रदेश १ मा नेपाली काङ्ग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीमा ३ र अन्य दुई साना दलमा १–१ जना सांसद छन् ।


१६ भदौ २०७८, बुधवार १४:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु