punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ला लिगामा बार्सिलाेनाकाे दाेस्राे जित, गेटाफे २–१ ले पराजित

Chaupati
safha napa

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ । गएराति भएको खेलमा गेटाफेलाई २–१ गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले दोस्रो जित निकालेको हो ।

घरेलु मैदानमा बार्सिलोनालाई जिताउन सेर्जी रोबर्टो र मेम्फिस डिपेले एकरएक गोल गरे । गेटाफेका सान्ड्रो रामिरेजले एक गोल फर्काए । जितसँगै बार्सिलोनाले तीन खेलमा ७ अङ्क जोडेको छ।

बार्सिलोना चौथो स्थानमा रहेको छ।गेटाफेको यो लगातार तेस्रो हार हो । गेटाफेले अङ्क जोड्न सकेको छैन । यस्तै, गएराति नै भएको अर्को खेलमा रायो भालेकानोले सानदार जित निकालेको छ । उसले ग्रानडालाई ४–० गोल अन्तरले पराजित गरेको हो।

यस्तै, अर्को खेलमा एथ्लेटिको मड्रिडले भिल्लारियलसँग २–२ गोलको बराबरी खेलेको छ भने ओसासुनाले कार्डिजलाई ३–२ गोल अन्तरले पराजित गरेको छ ।


१४ भदौ २०७८, सोमवार ०८:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु