punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमाले सुदूरपश्चिमकी प्रमुख सचेतक पनि नेकपा समाजवादीमा

Chaupati
safha napa

नेकपा (एमाले) सुदूरपश्चिमकी प्रमुख सचेतक दुर्गाकुमारी विकले एमाले छाडेकी छन्। विकले एमाले छाडेर आफू माधव नेपालको नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा लागेको बताएकी छन्। उनी यसअघि कुनै पक्षमा नलागेर तटस्थ रहेकी थिइन्।

विकाले आफूले विगतमा एमाले हुँदा पनि माधव नेपाल समूहकै नीति, सिद्धान्तलाई आत्मसात् गरेको बताएकी छन्।‘सुदूरपश्चिमबाट हामी सबैले एक ठाउँ उभिएर केपी ओलीलाई धक्का दिएका थियौं‚’ उनले भनिन्‚ ‘विगतमा पनि हामीले समानान्तर कमिटी नै बनाएर अगाडि बढिसकेको अवस्थामा प्रतिगमनकारीसँग अब समन्वय र सहकार्य हुँदैन।’

विक एमालेका उपाध्यक्ष भीम रावलको गृह जिल्ला अछामबाट समानुपातिक सांसद हुन्। एमाले जिल्ला कमिटी सदस्यसमेत रहेकी उनी विगतमा नेता रावलकै कारण नेपाललाई साथ दिंदै आएकोमा अहिले उनले आफूहरुको साथ छाडेको बताइन्।

विकले एमाले विभाजनका बेला सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिएका १७ जनामध्ये कम्तीमा पनि १३ जना प्रदेशसभा सदस्य एकीकृत समाजवादीतिर लाग्ने दाबी गरेकी छन्।

तर हालसम्म विकसहित प्रदेशकी आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, पूर्वउद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट र प्रदेशसभा सदस्य अमरबहादुर साउँद मात्र एकीकृत समाजवादी पार्टीतिर खुलेका छन्।

प्रदेशमा उनीहरु नेता भीम रावल पक्षधर मानिन्छन्। आर्थिक मामिलामन्त्री प्रकाशबहादुर शाहले भने विभाजनलाई साथ दिन नसकिने बताएका छन्। उनी एमालेको केन्द्रीय कमिटीको बैठकमा सहभागी भएका छन्।

दल विभाजनसम्बन्धी अध्यादेशले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न २१ दिनको समय दिएको छ। सोही कारण जनप्रतिनिधिहरु अन्तिम निर्णय लिन आन्तरिक छलफलमै व्यस्त छन्।

 


१२ भदौ २०७८, शनिवार १५:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु