बाढीले मोहनपुर बासीका सयौँ बिघा धानबाली नष्ट
शुक्रबार मोहना नदिमा आएको बाढीले मोहनपुर गाउँका किसानहरुको उखु र धानबाली नष्ट गरेका छ ।बाढीले कैलारी गाउँपालिका वडा नम्बर ३ मोहनपुर गाउँका किसानहरुको उखु र धानबाली नष्ट गरेको हो । बाढीले धानबाली नष्ट गर्नुका साथै विद्युत पोल पनि ढलाएको वडा अध्यक्ष कैलाश चौधरीले बताए ।
उनले मोहनपुर गाउँका किसानले ३ बिघा क्षेत्रफलमा लगाएको उखुबाली र करिब ५०र६० बिघा क्षेत्रफलमा लगाएको धानबाली नष्ट गरेको बताए । साथै अध्यक्ष चौधरीले विद्युत पोल ढालेर विद्युत सेवा पनि अवरुद्ध भएको बताए ।
अहिले विद्युत नभएर मोहनपुर गाउँका स्थानीयलाई अन्धारमा रात कटाउनु पर्ने बाध्यता रहेको छ ।नदिमा अझै बाढी घटेको छैन । नदिले धान खेत पनि कटान गरिरहेको स्थानीयले बताएको छन् । गाउँपालिकाको सहयोगमा बनाएको तत्बन्ध पनि नदिले बगाएको अध्यक्ष चौधरीले बताए ।
१२ भदौ २०७८, शनिवार १५:०३ बजे प्रकाशित































