punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गौरिकालाई कोभिड संक्रमण

Chaupati
safha napa

ओलम्पियन गौरिका सिंहलाई कोरोना संक्रमण भएको छ । पौडीबाज गौरिकाले सामाजिक सञ्जालबाट आफूलाई कोरोना संक्रमण भएको बताएकी हुन् ।

कोरोना देखिएसँगै गौरिका १० दिनको आइसोलेसन बसेकी छन् । ‘मैले दुवै डोज खोप लिएकी थिएँ र कुनै लक्षण थिएन । तर, पनि मलाई हालै कोरोना संक्रमण भएको पुष्टि भएको छ । म अहिले सरकारी मापदण्ड अनुसार १० दिनका लागि आइसोलेसनमा छु,’ उनले भनेकी छन् ।

गौरिकाले टोक्यो ओलम्पिकमा महिला १ सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्दै लङ कोर्षमा राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् ।


९ भदौ २०७८, बुधवार १८:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु