झण्डै २ लाख मूल्य बराबरको भन्सार छलीका सामान बरामद
कञ्चनपुर प्रहरीले करिब २ लाख मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरेको छ। जिल्लाको कृष्णपुर नगरपालिका–५ गजरौला र भीमदत्त नगरपालिका–१६ मझगाउँबाट हार्डवयरका विभिन्न सरसमान, लेडिज सुट र थानको कपडा गरि अन्दाजी एक लाख ८६ हजार छ सय ४० मूल्य बराबरको सामान बरामद भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बताए।
९ भदौ २०७८, बुधवार १८:४५ बजे प्रकाशित













