punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चार किलो चरेससहित तीनजना पक्राउ

Chaupati
safha napa

कृष्णपुर नगरपालिका–२ प्रगती टोलबाट चार किलो लागु औषध चरेससहित तीनजनालाई पक्राउ परेका छन्।

सुदूरपश्चिम प्रदेश मातहत रहेको प्रहरीको अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोलीले शुक्रवार साँझ चार किलो ४९० ग्राम चरेससहित उनीहरुलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–७ का २१ वर्षीय किशोर सिंह, कृष्णपुर नगरपालिका–२ बंकका ३६ वर्षीय गणेश भण्डारी र बझाङको छविस पाथिभरा गाउँपालिका–५ का ३२ वर्षीय झलक जाग्री रहेका छन्। पक्राउ परेकाहरु माथि अनुसनधानको कार्य भैरहेको प्रहरीले जनाएको छ।


५ भदौ २०७८, शनिवार १०:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु