punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा पहिरोले दुई घर बगायो, १० घर उच्च जोखिममा

Chaupati
safha napa

लगातारको वर्षाका कारण पहिरोले बैतडीमा दुई घर बगाएको छ । बिहीबार राति खसेको पहिरोले पाटन नगरपालिका–१० का हर्कबहादुर कुँवर र हिक्मत कुँवरको घर बगाएको हो ।पहिरोले एक लाख ५० हजार बराबरको नगद र खाद्यान्नमा क्षति पुगेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।

रातिको समयमा पहिरो गएको भएपनि मानवीय क्षति भने हुन नपाएको बताइएको छ । दुई तले चार कोठे घरमा रहेका मानिस भागेर बाचेको प्रहरीले जनाएको छ ।यस्तै अन्य १० वटा घर पहिरोको उच्च जोखिममा रहेका छन् ।

स्थानीय इन्द्रबहादुर कुँवर, भगीरथ कुँवर र भुपेन्द्र कुँवरको घर पहिरोको जोखिममा रहेका हुन् । साथै हरि सार्की, अमरबहादुर चन्द, रामबहादुर चन्द, गगनबहादुर चन्द, बल्देव लुहार र इन्द्रबहादुर कुँवरको घर पहिरोको जोखिममा रहेको वडाअध्यक्ष देवेन्द्र कुँवरले जानकारी दिए ।

पहिरोको उच्च जोखिममा रहेका हरी सार्की, रामबहादुर चन्द र अमरबहादुर चन्दको परिवार विस्थापित भएका छन् । उनीहरु छिमेकीको घरमा बसिरहेका छन् । यसैबीच पहिरोबाट विस्थापित परिवारलाई नेपाल रेडक्रस सोसाइटीले राहत प्रदान गर्ने भएको छ ।

विस्थापित तीन परिवारलाई राहत स्वरुप त्रिपाल, भाँडाकुँडा र लत्ता कपडा प्रदान गरिने रेडक्रसका कोभिड–१९का फिल्ड सुपरभाइजर देवबहादुर महराले जानकारी दिए ।


४ भदौ २०७८, शुक्रवार १८:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु