लागुऔषध र डेढ लाख नगदसहित युवक पक्राउ
कञ्चनपुरमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–१२ ऐरीका अन्दाजी २० वर्षीय सुदर्शन भारतीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।
संघीय प्रहरी इकाई कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो।
भारतीको साथबाट १४.६७ ग्राम खैरो हिरोइन, ८.५० ग्राम चरेश, मोबाइल ३ थान र १ लाख ४१ हजार २ सय ५० बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बताए। पक्राउ परेका भारतीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
४ भदौ २०७८, शुक्रवार ०६:५१ बजे प्रकाशित































