रचना रिमालले ल्याइन् तीज गीत ‘हे शिव भोला’ (भिडिओसहित)
चर्चित गायिका रचना रिमालले ‘हे शिव भोला’ बोलको तीज गीत बजारमा ल्याकी छन् । क्लासिकल शैलीमा तयार गीतमा शब्द, संगीत बाबुल गिरीको छ ।
गीतको म्युजिक भिडिओमा तिर्सना बुढाथोकी, रजिना केसी र यम पटेलको अभिनय देख्न सकिन्छ ।
आरजे एसआइले निर्देशन गरेको भिडिओ सबि डियरले निर्माण गरेको हो । भिडिओ अमेरिकाको विभिन्न स्थानमा छायांकन गरिएको हो ।
२ भदौ २०७८, बुधवार १५:५१ बजे प्रकाशित































