punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

माधव समूहको पार्टीको नाम ‘एमाले समाजबादी’, के हो चुनाव चिन्ह ?

Chaupati
safha napa

नेकपा एमाले माधव नेपाल समूहले पार्टीको नाम नेकपा एमाले समाजवादी राख्ने भएको छ।

यस्तै चुनाव चिन्ह खुला किताब राख्ने निर्णय भएको एमाले केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले जानकारी दिए ।

नयाँ पार्टी निर्माणका लागि अध्यादेशले भनेअनुसार न्युनतम २० प्रतिशत तयारी अवस्थामा रहेकोले प्रक्रिया पूरा गर्ने र अरु थप्दै जाने उल्लेख गरे ।

उनले आज डराएकाहरु भोली पार्टीमा सहभागी हुने, आज पार्टी निर्माण गलत लाग्नेलाई भोलि सहि लाग्ने उल्लेख गरे । ‘यो अभियान अघि बढ्यो,ड उनले भने, ‘इमान्दार, नैतिकवान, आदर्श कम्युनिष्टहरुको संगठन आज जन्मँदैछ । अरु मान्छेहरु बिस्तारै यसमा समावेश हुँदै जानेछन् ।’

यतिबेला नयाँ बानेश्वरस्थित अर्याल होटलमा नेपाल समूहको तर्फबाट नयाँ पार्टी दर्ताका लागि हस्ताक्षर संकलनको काम भइरहेको छ ।


२ भदौ २०७८, बुधवार १५:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु