punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमका दुई जसपा सांसदले छाडे महन्थको साथ

Chaupati
safha napa

जनता समाजवादी पार्टी (जसपा) का दुईजना प्रदेशसभा सदस्यहरूले महन्थ ठाकुरको साथ छोडेका छन् । विगतमा महन्थ–राजेन्द्र पक्षमा रहेका प्रदेशसभा सदस्य कृष्ण चौधरी र मालामती कुमारी चौधरीले उनीहरूको साथ छाडेका हुन् । उनीहरू दुवै तत्कालीन राष्ट्रिय जनता पार्टीका हुन् ।

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकतापछि जसपा बनेको थियो । उनीहरू दुवैजनाले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने समयमा एमालेको ओली समूहसँगै विश्वासको मतको विपक्षमा मतदान गरेका थिए । उपेन्द्र यादवले पार्टी आधिकारिकता पाएसँगै उनीहरूले ठाकुरको साथ छाडेका हुन् ।

प्रदेशसभा सदस्य राना हिजोदेखि काठमाडौंमा शुरू केन्द्रीय कार्य समितिको प्रथम बैठकमा सहभागी भएकी छन् । अर्का सांसद चौधरीले स्वास्थ्य समस्या भएका कारण बैठकमा जान नसकेको बताए ।

केन्द्रीय कार्य समितिको प्रथम बैठकमा नगए पनि आफू आधिकारिक पक्षमा रहेको सांसद चौधरीले बताए । उनले अझैसम्म पार्टी विधिवत रूपमा नफुटेको भन्दै आफू जसपामै रहेको दावी गरे । उनी कैलालीबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।


२ भदौ २०७८, बुधवार १४:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु