एमालेबाट माधव नेपालसहित १४ सांसद निष्काशित
नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई पार्टीबाट निष्काशन गरेको छ ।
मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले वरिष्ठ नेता नेपालसहितका १४ जनालाई सांसद र पार्टीको साधारण सदस्य नरहने गरी निष्काशन गरेको हो ।
एमालेले नेपालसहित सांसदहरु मुकुन्द न्यौपाने, रामकुमारी झाक्री, विरोध खतिवडा, मेटमणी चौधरी‚ भवानी थापा‚ जीवनराम श्रेष्ठ‚ लक्ष्मीकुमारी चौधरी‚ निरादेवी जैरु‚ पुष्पाकुमारी कर्ण‚ सरला यादव‚ कलिला खातुन‚ कृष्णलाल महर्जन‚ कल्याणी खड्कालाई पदमुक्त गर्न संसद सचिवालयमा पत्र पठाइएको एमाले स्रोतले बताएको छ ।
सरकारले मंगलबार मन्त्रिपरिषद्को बैठकमार्फत दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सिफारिस अनुसार राजनीतिक दल विभाज गर्र्न केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या पुर्याए पुग्ने व्यवस्था गरिएको छ ।
यसअघि राजनीतिक दल सम्बन्धी ऐनमा रहेको व्यवस्थामा केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या पुर्याउनुपर्ने व्यवस्था थियो ।
१ भदौ २०७८, मंगलवार १७:२२ बजे प्रकाशित































