punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अस्पताल पुर्यादिनुस् भन्दा-भन्दै गौरीफन्टा नाकामा एक व्यक्तिको मृत्यु

Chaupati
safha napa

गौरीफन्टा नाकामा एक व्यक्तिको मृत्यु भएको छ । भारतको खटिमाबाट उपचार गरेर आएको भनेर बताएका बिरामी अवस्थामा रहेका कञ्चनपुरका एक व्यक्तिको नाकामै मृत्यु भएको हो ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर १ दोमिल्लाका ५२ वर्षीय खडकबहादुर शाहको गौरीफन्टा नाकास्थित पिपल चौतारीमा पल्टिरहेको अवस्थामा मृत्यु भएको डोकेबजार प्रहरीले जनाएको छ ।

उनले प्राण त्याग्नु अघि आफू गड्डाचौकी नाका हुँदै खटिएमामा उपचार गर्न गएको र मंगलबार गौरीफन्टा नाका हुँदै फर्किएको बताएका थिए । तर उनी खटिएमा कहिले गएका थिए भन्ने खुलेको छैन । पिपलचौतारमा सुतिरहेको देखिएपछि प्रहरीले उनलाई सोधपुछ गरेको थियो ।

सोधपुछका क्रममा उनले आफू बिरामी भएको र आफूलाई अस्पताल लगिदिन प्रहरीलाई आग्रह गरेका थिए । उनको आग्रहपछि प्रहरीले धनगढीस्तिथ सेती प्रादेशिक अस्पतालमा खबर गरेर एम्बुलेन्स मगाउँदै गर्दा उनले सोही ठाउँमा प्राण त्यागेका थिए ।

उनको मृत्यु भएपछि उनको परिवारलाई खबर गरिएको छ भने शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।


१ भदौ २०७८, मंगलवार १६:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु