punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पहुँचमार्ग बगाएपछि महाकालीमा पुल निर्माण कार्यमा ढिलाइ

Chaupati
safha napa

महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको पहुँचमार्ग बाढीले बगाएपछि निर्माण कार्यमा अवरोध सृजना भएको छ । महाकाली नदीमा गत असार ६ गते आएको बाढीले पुलसम्म जोड्ने पहुँचमार्ग बगाउदा पुल निर्माणमा समस्या भएको हो ।

‘पुल निर्माण कार्य जारी नै छ, तर पुल जोडने पहुँचमार्ग बाढीले बगाउदा पुल निर्माणमा समस्या भएको छ,’ पुल निर्माण कम्पनी कुमार सीएफईसी जेभीका म्यानेजर तथा इन्जिनियर किशोर पाण्डेले भने, ‘अहिले बाटो नहुँदा पुल निर्माणका लागि चाहिने सामाग्रीहरु तुइनको माध्यमबाट पारि लैजाने गरेका छौं । अलीअली भएपनि काम भइरहेको छ ।’

गड्डाचौकीस्थित भारतको बनवासा जोड्ने पुल भएपनि त्यहाँबाट भारतीय पक्षले निर्माण सामाग्री लैजान नदिएको उनले बताए । ‘पारि सामान लैजाने अन्य विकल्प नहुँदा निर्माणाधीन पुलमै तुइन बनाएर त्यसकै माध्यमबाट निर्माण सामाग्री लैजाने गरिएका छौं’ उनले भने ।

तुइनबाट सरिया, सिमेन्ट, बाइन्डिङ तार, कामदारका औजारलगायत सामग्री पारि पठाइने गरिएको म्यानेजर पाण्डेले बताए । ‘अहिले यसैगरि काम चलिरहेको छ,’ उनले भने, ‘नदीमा पानी कम भएपछि पुलको दुबैतिर ड्याम बाँधेर ग्रावेल हालेर फेरि पहुँचमार्ग बनाउछौं । तबसम्मका लागि पुलबाट आवतजावत नै बन्द हुन्छ ।’ बाटो निर्माणको काम तिहारपछि मात्रै हुने उनले बताए ।

‘बाढीले बाटो नबगाएको भए अहिलेसम्म स्ल्याब ढलानको काम सकिथ्यो’ उनले भने । ‘पुलका ३२ मध्ये २८ स्ल्याब ढलान भइसकेको र बाँकी चार वटा स्ल्याब ढलानको तयारी भइरहेको’ उनले भने, ‘स्ल्याब ढलानको काम दशैं अगावै सक्ने योजना छ ।’ बाँकी स्ल्याब निर्माणका लागि आवश्यक निर्माण सामग्री तुइनबाट ढुवानी भएरहेको उनले बताए ।

कुमार सीएफईसी जेभीले तीन अर्ब २७ करोडमा पुल निर्माणको ठेक्का लिएकोमा पनि पछि सशोधित लागत तीन अर्व ६६ करोड बनाइएको निर्माण कम्पनीले जनाएको छ । उक्त पुलको निर्माण म्याद २०७८ फागुन १५ गते सकिँदै छ । मिति सकिन करिव सात महिना बाँकी रहेपनि पुलको करिब ७७ प्रतिशतसम्म काम सम्पन्न भइसकेको निर्माण कम्पनिले जनाएको छ ।

‘म्याद अवधि भित्रै बाटो र पुलको काम निर्माण सम्पन्न हुन्छ, ‘उनले भने, तर पुृलको दायाँ, बायाँ पोखरी निर्माण गर्नुपर्ने छ, ठूलो ढुङगा नभएकाले अहिलेसम्म काम भएको छैन त्यसैले समयमै काम नभयाइन सक्छ । आफूहरुले आठ किलो मिटर सडक कालोपत्रे पर्नुपर्ने हो  । अहिलेसम्म तीन किलो मिटर सडक कालोपत्रे भएको र बाँकी पाँच किलोमिटर सडक समयमै सम्पन्न हुन्छ ।’

अबको दुई/तीन हप्तामा बाँकी रहेको कालोपत्रे सडकको काम सुरु हुन्छ उनले भने । निर्माण कम्पनीले पुलको कामसंँगै डाइभर्सनहरू बनाउँदा गत वर्षदेखि नै अस्थायी रूपमा पुलमा साना तथा ठूला सवारी आवागमन सुरु भएको थियो ।

 


३१ साउन २०७८, आइतवार १७:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु