punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना जोखिम घटेसँगै खप्तडमा भित्रिँदै पर्यटक

Chaupati
safha napa

जिल्लामा कोरोना सङ्क्रमण दर झण्डै शून्यमा पुगेसँगै यहाँको प्रशिद्ध तथा प्रमुख पर्यटकीयस्थल खप्तड राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाहृय पर्यटक बढ्न थालेको छ । वर्षात्का बेला खप्तडका विभिन्न क्षेत्र हराभरा हुनुका साथै, तालसमेत भरिभराउ हुने भएकाले पर्यटक आकर्षित हुन थालेका हुन् । कोरोनाको जोखिम कम भएकाले आन्तरिक तथा बाहृय गरी करिव तीन हजार पर्यटक भित्रिएको निकुञ्ज कार्यालयले जनाएको छ ।

पर्यटन व्यवसायी दीपकबहादुर खड्काले भने, “जिल्लामा कोरोना सङ्क्रमण दर शून्यमा छ, खप्तडसहित यहाँका अन्य पर्यटकीय क्षेत्रमा घुम्न आउनेको सङ्ख्या पनि अधिक छ । अहिले खप्तड मनमोहक देखिने भएकाले पनि पर्यटक आउनेक्रम बढेको हो ।” खप्तड प्रवेशद्वार झिग्राना तथा बग्लेकमा पर्यटकका लागि घरबास होमस्टे तथा विश्राम स्थल निर्माण भएका कारण पनि पर्यटक आउनेक्रम बढ्दै गएको पूर्वीचौकी गाउँपालिकाका बासिन्दा हरिभान साउँदले बताए । यहाँ आएका पर्यटकलाई स्वागत गर्न र बास बस्न पनि घर निर्माण भएकाले पर्यटक आउनेक्रम बढेको उनको भनाई छ ।

निकुञ्ज पर्यटकको प्रमुख आर्कषणको केन्द्रबिन्दु बनेको होटेल व्यवसायी सङ्घका जिल्लाअध्यक्ष राजेन्द्र शाहीले बताए । उनले भने, “अहिले खप्तड पर्यटकको प्रमुख रोजाइँमा छ, खप्तडसम्म पूर्ण यातायात र खाने बस्नेको पूर्वाधारको विकास भए अझै थप पर्यटक आउने छन् ।”

निकुञ्जका अनुसार हिजोआज खप्तडमा दैनिक ९० पर्यटक आउने गरेका छन् । आर्थिक वर्ष २०७३र७४ मा पाँच हजारले भ्रमण गरेकामा आर्थिक वर्ष २०७४र७५ मा सात हजार नौ पुगेका थिए । धर्तीको भू–स्वर्गका नामले चिनिने निकुञ्जमा बाजुरा, अछाम, बझाङ र डोटीका पर्यटक आउने गरेको खप्तड पर्यटन विकास समितिका अध्यक्ष हर्कबहादुर सिंहले जानकारी दिए ।

निकुञ्ज क्षेत्रभित्र धार्मिक तथा ऐतिहासिक स्थलका साथै विभिन्न जङ्गली जनावरसमेत देख्न सकिन्छ । त्यहाँ रहेका त्रिवेणी धाम, नागढुङ्गा, खप्तड स्वामीको आश्रम, २२ पाटनलगायत क्षेत्र मनमोहक छन् । निकुञ्जको संरक्षणका लागि चार ठाउँमा इलाका कार्यालय राखिएको छ । खप्तड क्षेत्रमा जेठ महिनामा गङ्गा दशहरा मेला तथा जनैपूर्णिमाका दिन भव्य जात्रा लाग्ने गर्दछ ।

जात्रा हेर्नका लागि सुदूरपश्चिम लगायत अन्य जिल्लाबाट समेत पर्यटकको घुइँचो लाग्ने गरेको बग्लेकका अर्का बासिन्दा दिनेश ठकुल्लाले बताए । उनले भने, “खप्तडमा विगतका वर्ष जात्राका बेला हजारौँ पर्यटक आउने गरेकामा यो वर्ष त जात्रा अगावैे बढी पर्यटक आउन थालेका छन् ।” पर्यटकको सुविधाका लागि पूर्वीचौकी गाउँपालिका तथा खप्तड पर्यटन विकास समितिको पहलमा बग्लेगसम्म सडक सुविधा पु¥याइएको छ ।

बग्लेगबाट भने पर्यटकको मागअनुसार घोडाको व्यवस्था गरिएको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताए । उनले भने, “झिग्रानासम्म सडक सुविधा पु¥याउन हामी सफल भयौैँ, त्यहाँबाट पर्यटकको मागबमोजिम घोडाको पनि व्यवस्था पनि मिलाउन सकिन्छ ।”

खप्तड क्षेत्रमा रहेको खप्तड स्वामीको आश्रमको संरक्षण तथा सम्वद्र्धन स्थानीय तह, नेपाली सेना, स्थानीयवासी तथा खप्तड पर्यटन विकास समितिले गरिरहेको छ । गाउँपालिका,गाउँपालिकाकै वडा नं २ र होटल व्यवसायी सङ्घको संयुक्त लगानीमा बग्लेक गाउँका १० घरमा घरबास शुरु गरिएको हो।

सुदूरपश्चिम प्रदेशका चार पहाडी जिल्ला बझाङ, बाजुरा, अछाम तथा डोटी जिल्ला सङ्गमस्थल बनेको निकुञ्जभित्र नागढुङ्गा, खापर दह, सहस्र लिङ्ग, त्रिवेणीधाम, पाटन, खप्तड दह ९ताल०, खप्तड बाबाको आश्रमका साथै विभिन्न किसिमका वनस्पति र चराचुरुङ्गी देख्न सकिन्छ । यसको क्षेत्रफल २२५ वर्ग किमी छ ।

समुद्र सतहबाट तीन हजार ५०० मिटरसम्म उचाइमा रहेको निकुञ्जभित्र ५६७ थरीका वनस्पति र नेपालमा पाइने ८५० मध्ये २६० भन्दा बढी चराचुरुङ्गी पाइन्छ । एकसय पचास मिटर लम्बाई ५० मिटर चौडाईको खप्तड दहमा बाह्रै महिना पानीको सतह एकैनासको हुन्छ । यहाँ अन्य ५२ दह छन् ।

निकुञ्जभित्र कस्तुरी, मृग, बँदेल, डाँफे, जरायो, रतुवा, थारल, घोरल, चितुवा, भालु, बाँदर, ढेडुबाँदर, दुम्सी, खरायोलगायत जङ्गली जनावर पाइन्छन् । प्रकृतिले नै रमाइलो बनाएको त्यस ठाउँमा ठूल्ठूला घाँसे मैदान, ससाना ढिस्का र रमाइलो जङ्गल छ ।

त्यहाँ रहेका घाँसे मैदानमा गाई, गोरु, घोडा चर्न आउने गरेको देखिन्छ । जैविक विविधताले भरिएको यो क्षेत्रलाई विसं २०४० मा राष्ट्रिय निकुञ्ज बनाइएको थियो । यस क्षेत्रको सुरक्षाका लागि विसं २०४७ देखि नेपाली सेनाको व्यारेक स्थापना गरिएको छ । दुईसयभन्दा बढी प्रजातिका फूल, बहुमूल्य जडीबुटी पनि पाइने खप्तडमा मङ्सिरदेखि फागुन महिनासम्म हिउँले ढाक्छ । रासस


३१ साउन २०७८, आइतवार १६:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु