punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सरकारको साझा कार्यक्रममा ओलीले खोजे एमसीसी

Chaupati
safha napa

एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको न्यूनतम साझा कार्यक्रममा एमसीसीको विषय कहाँ छ भन्दै खोजी गरेका छन् ।

प्रतिनिधिसभा बैठकलाई मंगलबार सम्बोधन गर्दै उनले केपी ओलीलाई देखाएर एमसीसी पास गर्ने वातावरण बनाउन खोज्ने भन्दै कटाक्ष समेत गरे ।

‘साझा कार्यक्रममा साना र मसिना कुरा मात्रै छ, पहिले तपाईंहरुले नै एमसीसी गर्नुभएजस्तो लाग्थ्यो, तपाईंहरुले’, ओलीले एमसीसी साझा कार्यक्रममा नभएको प्रति व्यङ्ग्य गर्दै भने, ‘एमसीसीको बारेमा त केही पनि छैन, एमसीसी बिर्सिनु भयो कि के हो ।

मैले त देखिन कतै । अनि केपी ओलीले कतै एमसीसी पास गर्नुपर्छ भनेको क्लिप खोजेर वातावरण बनाउन खोज्नुहुन्छ रु’

उनले एमसीसीबारे नेपाली जनताले जान्न चाहेको भन्दै यसबारे प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने उनले बताए ।उनले संयुक्त सरकारको साझा कार्यक्रममा विभिन्न अनुहार देखिए पनि काँग्रेसको अनुहार भने नदेखिएको टिप्पणी गरे । ‘अचम्म लाग्छ, नेपाली काँग्रेसको अनुहार कतै छैन। नीतिमा छैन, कार्यक्रममा छैन, केहीमा पनि छैन ।’


२६ साउन २०७८, मंगलवार १४:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु