सेती प्रयोगशालामा २७ जनामा कोरोना पुष्टि

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २७ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टा १५९ नमूनाको परीक्षण गर्दा २७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै १३२ जनाको रिपोर्ट निगेटिभ आएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा २ जना अस्पतालमा भर्ना भएका छन्, भने ५ जना डिस्चार्ज भएका छन् । हाल अस्पतालमा १९ जना संक्रमित उपचाररत छन्। अस्पतालमा २ जना भेन्टिलेटर, ३ जनाको आसीयुमा उपचार भइरहेको छ ।


२६ साउन २०७८, मंगलवार १४:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु