punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ओलीको प्रश्न- लिम्पियाधुरा फिर्ता ल्याउँछु भन्न सरकार किन डराएको ?

Chaupati
safha napa

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूमि फिर्ता ल्याउन डराएको बताएका छन्।

प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओलीले सरकारले सार्वजनिक गरेको न्यूनतम् नीति तथा कार्यक्रममा नल्याएर खुट्टो कमाएको बताए।

लिपुलेक, लिम्पियाधुरा र कालापानीको समस्या समाधान गर्छु भनेर बर्तमान सरकारले भन्नु खुट्टा कमाउनु मात्र भएको उनको जिकिर छ।

‘लिम्पियाधुरा, कालापानी समस्यारु कसरी भयो समस्यारु वार्ता गरेर फिर्ता ल्याउँछु किन भन्न सक्नुभएनरु त्यो नेपालको पवित्र भूभाग हो। अभिन्न भूभाग हो। कसरी समस्या होरु हाम्रो भूभाग हामी फिर्ता ल्याउँछौं किन भन्न नसकेकोरु खुट्टा कमाउने कसले बनायोरु अघिल्लो सरकारलाई आरोप लगाएको होइन।

बरु त्यो सरकारले त आँटका साथ नक्शा छाप्यो, संविधानको अंग बनायो। भारतसँग संवाद गर्‍यो। अहिलेको सरकार के गर्दै छरु फिर्ता लिनोस् प्रधानमन्त्रीजी, हाम्रो भूभाग। छाड्ने अधिकार कसैलाई छैन। तपाईंहरुले ल्याउन नसके हामी छौं, डेढ वर्षपछि हामी ल्याउँछौं,’ ओलीले भने।

छिमेकीसँग सीमा समस्या भनिएको छ, कुन कुन छिमेकीसँग सीमामा समस्या हो भन्दै उनले प्रश्न गरे, ‘किन डराएको रु चपाउँदा चपाउँदा जिब्रो पनि रगत आइसक्यो होला रु असमान सन्धि भनेको कुन कुन होरु ठोस तोकेर किन बोल्न नसकेकोरु को–कोसँग कहाँ कहाँ समस्या छरु’

 


२६ साउन २०७८, मंगलवार १५:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु