punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

निर्धारित समय अगाबै पुल निर्माण, मन्त्री सोडारीले भने- ‘यता छ प्रदेश सरकार’

Chaupati
safha napa
कैलालीको कैलारी गाउपालिका वडा नम्बर ६ घुराह खोलामा पक्की पुल निर्माण भएको छ । पुलको आइतबार सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्बाधार विकास मन्त्री दीर्घ सोडारीले एक कार्यक्रमकाबीच उद्घाटन गरे ।
उद्घाटन कार्यक्रम बोल्दै मन्त्री सोडारीले प्रदेशमा भौतिक पूर्वाधारका कामले तीव्रता पाएको बताए। उनले प्रदेश सरकार कहाँ गयो भनेर प्रश्न गर्नेलाई घुराह पुल निर्माणले गतिलो जवाफ दिएको बताए ।
No description available.
‘संघीयता मन नपराउने हरुले खै प्रदेश सरकार कहाँ गयो भन्नुहुन्छ,’ उनले भने, ‘हेर्नुस् प्रदेश सरकार यहाँ छ, यसरी जनताका काम गर्दै छ।’ राजिपुर, गदरिया, फुलबारी जोड्ने सडक खण्डमा पर्ने उक्त नदीमा प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत आर्थिक वर्ष २०७६/०७७ मा २ वर्षमा काम सम्पन्न गर्ने गरि निर्माण सम्झौता भएको भएपनि १७ महिनामै निर्माण भएको हो ।
१ सय ८ मिटर लम्बाइ रहेको उक्त पुलको लागत अनुमान १७ करोड भए पनि ठेक्का प्रक्रियामा १३ करोड ५२ लाखमा निर्माण गर्न रसुवा जयविष्णु जेभीसंग सम्झौता भएको पूर्वाधार कार्यलय कैलालीका प्रमुख श्याम खड्काले जानकारी दिए ।

२४ साउन २०७८, आइतवार १४:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु