punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बेपत्ता धामीको न्यायका लागि कञ्चनपुरमा हस्ताक्षर अभियान

Chaupati
safha napa

महाकाली नदीमा तुइन तर्ने क्रममा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको न्यायका लागि कञ्चनपुरमा हस्ताक्षर अभियान चलाइएको छ । शनिवार देखी सञ्चालन गरिएको हस्ताक्षर अभियान आइतबार दोस्रो दिन पनि जारी रहेको छ ।

बेपत्ता धामीको न्यायका लागि १० हजार हस्ताक्षर सङ्कलन गरिने बताइएको छ । मौलिक जरो किलो पार्टी सुदूरपश्चिमले शनिवार देखी कञ्चनपुरको महेन्द्रनगरमा दार्चुला तुइन काण्डमा महाकाली नदीमा बेपत्ता भएका धामीको न्यायका लागि हस्ताक्षर सङ्कलन अभियान सुरु गरेको हो ।

हस्ताक्षर सङ्कलन अभियानको पहिलो दिन ३६० जनाले हस्ताक्षर गरेको उक्त अभियानका एक अभियन्ता राजेश चन्दले बताए ।

मौलिक जरो किलो पार्टी सुदूरपश्चिम प्रदेशका अध्यक्ष खेमानन्द जोशीले भारतीय एसएसबीले सङ्कटमा परेका सीमावर्ती नेपाली नागरिकको उद्धारको साटो निहत्था नेपाली नागरिकमाथि दुस्मनको जस्तो व्यवहार गरेर तुइन तरिरहेकै अवस्थामा डोरी काटेर गरेको अमानवीय कार्यको भर्त्सना गर्दै पीडित परिवारको न्यायका लागि हस्ताक्षर अभियान सङ्कलन गरिएको उनको भनाई छ ।

केही दिन हस्ताक्षर सङ्कलन गरेर बेपत्ता धामीको परिवारलाई न्यायका लागि सरकारलाई बुझाइने छ । घटनापछि बेपत्ता जयसिंह धामीको खोजी गरिनुपर्ने, सरकारद्वारा गठित उच्च स्तरीय छानबिन समितिले सत्य तथ्य छानबिन गर्नुपर्ने, दोषी एसएसपीमाथि कारबाही गर्नुपर्ने, पीडित परिवारलाई राहत क्षतिपूर्ति र धामीको सन्तानको शिक्षादीक्षा सरकारले जिम्मा लिनुपर्ने, उक्त समस्या सदाका लागि हटाउन नेपाली भूमि भएरै सडक विस्तार गर्नुपर्ने जस्ता माग अघि सारिएका छन् ।


२४ साउन २०७८, आइतवार १५:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु