सेती अस्पतालमा कोरोना परीक्षण शून्य
सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस परीक्षण शून्य पाइएको छ। पछिल्लो २४ घण्टामा अस्पतालमा कोरोना परीक्षण नै नभएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए ।
पछिल्लो २४ घण्टामा अस्पतालमा १ जना नयाँ संक्रमित भर्ना भएका छन् ,भने १ जना कोरोनामुक्त भएका छन् । हाल अस्पतालमा २३ जना संक्रमित उपचाररत रहेको अस्पतालले जनाएको छ ।
२४ साउन २०७८, आइतवार १२:४३ बजे प्रकाशित































