punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दार्चुला तुइन घटना : छानविन समिति सोधपुछमै केन्द्रीत

Chaupati
safha napa

महाकाली नदी तर्न लाग्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन खुस्काएपछि ब्यास गाउँपालिका–२ का युवा जयसिंह धामी बेपत्ता भएको घटना छानविन गर्न गठन गरिएको समिति अहिले दार्चुलामा छ ।

गृह मन्त्रालयका सह–सचिव जनार्दन गौतम नेतृत्वको समितिले शुक्रवार पीडित परिवारसँग भेटघाट गरिरहेको छ । सदरमुकाम खलंगामा रहेको छानविन समितिले घटनाका प्रत्यक्षदर्शी र राजनितिक दलका प्रतिनिधिहरूसँग पनि कुराकानी गरिरहेको छ ।

‘शुक्रवार पीडित परिवार कहाँ गएका थियौं, पीडित परिवार र गाउँलेका कुरा पनि सुन्यौं’ समितिका संयोजक सहसचिव जनार्दन गौतमले भने, ‘सदरमुकाममा प्रत्यक्षदर्शीसँग कुरा गरेका छौं ।’

सहसचिव गौतम नेतृत्वको छानविन टोलीमा प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका एसएसपी सुरेश कुमार श्रेष्ठ र दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट छिन् ।

साउन १७ मा गठन गरिएको समितिलाई १० दिनभित्र छानविन प्रतिवेदन बुझाउन समय दिइएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले बताए ।

तुइनबाट भारत हुँदै आफ्नो घर जान लाग्दा खसेर बेपत्ता ब्यास गाउँपालिका–२ का ३३ वर्षीय जयसिंह धामीको अवस्था अझै अज्ञात छ ।घटना छानवीनमा संलग्न समितिले जयसिंह तुइनबाट खसेको घटनास्थल मालघाट नेपाल र भारततर्फबाट अवलोकन गरेका छन् ।

समितिले आफ्नो छानविन सोधपुछमै केन्द्रित गरेको छ । सरोकारवालासँग सोधपुछ जारी रहेको जानकारी दिँदै संयोजक गौतमले भने, ‘सूचना संकलन गर्दै छौं, विश्लेषण गरेर रिपोर्ट बुझाउँछौँ ।’

स्थानीयले मालघाटमा एसएसबीले तुइन फुस्काउँदा धामी बेपत्ता भएको बताएपनि भारत पक्षले दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेर सो घटनामा एसएसबीको संलग्नता नभएको जिकिर गरेको छ ।


२४ साउन २०७८, आइतवार १२:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु