punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

महाकाली नदीको भेलमा दाउराको जोहो

Chaupati
safha napa

२०र२२ वर्षका चाररपाँच जनाको समूह । टाउकोमा हावा भरिएको पुरानो ट्युब । केहीका हातमा आरा, कसैकामा बञ्चरो । महाकाली नदी किनारमा निर्माणाधीन ६ लेनको चिल्लो पक्की सडक । सबैको नजर महाकाली नदीको उर्लंदो भेलमै थियो ।

उनीहरू सबै कति बेला नदीको भेलमा कति बेला दाउरा आउँछ र नदीमा हाम फाल्ने भनेर तयारीमा थिए । भीमदत्त नगरपालिकाको महाकाली नदी किनारका वडा ११, १२ र १३ का युवाहरू यति बेला नदी किनारमा यसैगरी डुलिरहन्छन् ।

कति बेला दाउरा आउँछ र उर्लंदो भेलामा हाम फाल्ने भन्ने उनीहरूको तयारी हुन्छ । उनीहरू दिनभरि यसैगरी महाकाली नदी किनारमै भेटिछन् ।

‘दिनभरि नदी किनारमै बिताउँछौं,’ भीमदत्त–१२ का धनबहादुर सुनारले भने, ‘बिहानदेखि साँझसम्म कति बेला दाउरा बगेर आउँछ भनेर नदी किनामै कुरेर बसेका हुन्छौं ।’ उनका अनुसार महाकालीमा बाढी आउन सुरु भएदेखि दाउरा संकलनका लागि युवाहरूको बास नदी किनारमै हुन्छ ।

‘दिनभरि नदीमा कुरेर एक डन्लप दाउरा संकलन हुन्छ,’ सुनारले भने, ‘त्यो दाउरा तीनरचार हजारमा बिक्री हुन्छ ।’ उनी १०र१२ वर्षदेखि नदीमा दाउरा संकलन गरेर बिक्री गर्दै आएका छन् । यसैबाट उनले घर परिवारको खर्चको जोहो गर्दै आएका छन् ।

‘घरमा जलाउनेदेखि दुईरचार पैसा कमाउन यही महाकालीमा बगेर आएको दाउराबाट हुन्छ,’ भीमदत्त–१२ ऐरीका स्थानीय सुरज चैसिरले भने, ‘दिनभरि नदीमा ट्युबमा तरेर दाउरा संकलन गर्दै हिँड्छौं ।’ नदी किनारका करिब ५०र६० जना युवा यसैगरी कुदिरहन्छन् ।

महाकालीमा ट्युबबाट संकलित दाउराबाट नदी किनारका बासिन्दाको जीविका चलेको हुन्छ । ‘हाम्रो गुजारा यही नदीबाट चलेको छ,’ भीमदत्त–१२ का विनोद चौधरीले भने, ‘बर्खामा दिनभरि नदीमा डुलेर बटुलेको दाउराबाट दुईरतीन हजार आउँछ ।’ महाकालीबाट संकलन गरेको दाउरा प्रतिट्रली ६ देखि ८ हजारसम्म बिक्री हुन्छ ।

दिनमा ४र५ जनाको समूहले एक ट्रलीसम्म दाउरा संकलन हुन्थ्यो । त्यही दाउरा बेचेर युवाहरूले घर परिवारको जोहो गरिरहेका छन् ।

‘कुनै दिन दिनभरि डुलेर थोरै पनि दाउरा संकलन हुँदैन,’ चैसिरले भने, ‘कहिले एकै दिनमा दुईरतीन ट्रली पनि जम्मा हुन्छ ।’कान्तिपुरबाट

 


२४ साउन २०७८, आइतवार १२:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु