रिक्त ठाउँमा पदपूर्ति गर्ने प्रदेश लोकसेवा आयोगको तयारी
प्रदेश लोकसेवा आयोग सुदूरपश्चिम प्रदेशले सुदूरपश्चिम प्रदेशमा रिक्त रहेका पदहरूको पदपूर्ति सुरु गर्ने तयारी गरेको छ ।
लोकसेवा आयोगको गठन भइसकेपछि आवश्यक कानुनहरूको निर्माण भइसकेकाले प्रदेश लोकसेवा आयोगले पदपूर्तिको प्रक्रिया अघि बढाउने तयारी गरेको हो ।
‘मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट रिक्त दरबन्दीको विवरण आइपुग्ने बित्तिकै पदपूर्तिका काम अघि बढाइने प्रदेश लोकसेवा आयोगका कार्यालय प्रमुख यज्ञराज बोहराले बताए ।
साउन १५ गतेभित्र प्रदेशमा रहेका रिक्त पदहरूको विवरण उपलब्ध गराइदिन लोकसेवा आयोगले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई आग्रह गरिसकेको छ ।
प्रमुख बोहराका अनुसार मागेकै समयमा जानकारी आइपुगे भदौ पहिलो हप्तासम्म विज्ञापन गरिसक्ने लक्ष्यका साथ काम भइरहेको जानकारी दिए।
६ साउन २०७८, बुधवार १४:१३ बजे प्रकाशित













