डडेल्धुरामा ९५ प्रतिशत रोपाइँ, उत्पादनमा वृद्धि हुने विश्वास

सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा करीब ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यस वर्षको हालसम्म ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ ।

समयमै मनसुन वर्षा भएका कारण डडेल्धुरामा यो वर्ष साउन पहिलो हप्तामै ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख रामचन्द्र भट्टले जानकारी दिए ।

नियमित रूपमा वर्षा भएका कारण सिँचाइ हुने जमिनका साथै सिँचाइ नहुने जमिनमा समेत यो वर्ष रोपाइँ गर्न किसानलाई सहज भएको छ । निरन्तरको वर्षा र समयमै धानको बेर्ना राख्न पाएका कारण प्रायःजसो ठाउँमा रोपाइँ सम्पन्न गरिएको छ ।

जिल्लाको भित्रीमधेश क्षेत्र जोगबुढा, परशुराम आलितालमा मुख्य रूपमा धान रोप्ने गरिन्छ । त्यसैगरी भागगेश्वर, नवदुर्गा, अजयमेरु, गन्यापधुराको सकायल, कोरोल, अशिग्राम क्षेत्र, अमरगढीको केही स्थानमा वर्षे बालीका रुपमा धान रोप्ने गरेको पाइन्छ ।

यो वर्ष समयमै रोपाइँ भएका कारण धान उत्पादनमा वृद्धि हुने विश्वास लिइएको छ । डडेल्धुरामा ६ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ हुने गरेको छ ।


६ साउन २०७८, बुधवार १३:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु