punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कलाकार उत्तम नेपालीको निधन

Chaupati
safha napa

कलाकार उत्तम नेपाली (उत्तमप्रसाद कर्माचार्य) को निधन भएको छ। उनको उपचारको क्रममा आज ८४ वर्षको उमेरमा उनको निधन भएको हो।

मुटुको समस्या देखिएपछि उनलाई टिचिङ अस्पताल भर्ना गरिएको थियो। मनमोहन कार्डियोभास्कुलर सेन्टर महाराजगञ्जमा उपचारको क्रममा उनको आज बिहान निधन भएको हो।

कलाकार नेपाली नेपालको आधुनिक अमूर्त चित्रकलाको प्रवर्तकमध्ये एक मानिन्छन्। उनी नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्यसमेत थिए।

उनी गीतकार, कवि र अभिनय कलाकारका रूपमा समेत चिनिन्छन्। उनको ‘विना शीर्षकको’ नामक कवितासंग्रह प्रकाशित छ। यसैगरी उनले ‘आमा’ र ‘हिजो आज भोलि’ फिल्ममा समेत अभिनय गरेका थिए।

 


६ साउन २०७८, बुधवार १३:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु