कोरोना संक्रण बढ्यो, ३१०८ मा पुष्टि, २५ जनाको निधन
कोरोना भाइरस संक्रमण बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा ३ हजार १ सय ८ जनामा संक्रमण पुष्टि भएको छ। यो अवधिमा २५ जनाको ज्यान गएको छ ।
पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ३६ जनामा पीसीआर तथा ४ हजार २ सय ९९ जनामा एन्टिजेन गरी १३ हजार १ सय ३५ जनामा परीक्षण गरिएको थियो ।
आज १ हजार ५ सय ९५ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, आज २६ हजार ४ सय १९ जना सक्रिय संक्रमित रहेका छन् ।
५ साउन २०७८, मंगलवार १७:५० बजे प्रकाशित













