punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

माधव नेपाल समूह सरकारमा जाने, ६ मन्त्रालय पाउने

Chaupati
safha napa

नेकपा एमालेको माधव नेपाल समूहले एक÷दुई दिनमै सरकारमा जाने तयारी गरेको छ। नेपाल निकट एक नेताले अबको एक÷दुई दिनमै सरकारमा सहभागि हुने जानकारी दिए। उनकाअनुसार नेपाल समूहलाई ६ वटा मन्त्रालय दिने सहमति भए पनि कुन–कुन मन्त्रालय दिने भन्ने बारेमा टुंगो लागेको छैन।

बैठकमा सरकारमा सहभागिता लगायतका विषयमा छलफल गरिने ती नेताले जानकारी दिए। आज बिहानमात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एमाले नेता नेपाललाई भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका छन्।

उनीहरुबीच साझा कार्यक्रम बनाएर सरकार सञ्चालन गर्ने बारेमा समेत छलफल भएको थियो। उक्त विषयमा प्रचण्डले बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग छलफल गरेका थिए। नेपाल समूह पनि सरकारमा सहभागी हुने तयारी गरेपछि प्रधानमन्त्री देउवाले पनि छलफल गरिरहेका छन्। प्रधानमन्त्री देउवा निकट एक नेताका अनुसार यसबारेमा छलफल चलिरहेको तर निर्णय हुन सकेको छैन्।

गठबन्धन दलहरूबीच मन्त्रालय भागवण्डा गर्न प्रधानमन्त्रीलाई सकस देखिएको छ। एउटै दलभित्रका फरक–फरक समूहलाई सरकारमा सहभागी गराउनुपर्ने र नेताहरूले आन्तरिक व्यवस्थापनको समस्या देखाएर मन्त्रालयको संख्यामा बार्गेनिङ गर्न थालेपछि सकस परेको प्रधानमन्त्रीनिकट स्रोतको भनाई छ।

नेपाली कांग्रेस भित्रैबाट पनि रामचन्द्र पौडेल पक्षले उपप्रधानमन्त्री आफ्नै पक्षले पाउनुपर्ने अडान राखेपछि देउवालाई थप सकस देखिएको हो। देउवालाई ओली पक्षका आठ र नेपाल पक्षका १४ सांसदले विश्वासको मत दिएका थिए।

हिजो बसेको केन्द्रीय कमिटी बैठकले देउवालाई मत दिने सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। तर नेपाल समूहले भने स्पष्टीकरण माग्नु सर्वोच्च अदालतको फैसला विपरित रहेको भन्दै जवाफ नदिने निष्कर्ष निकालेको छ।


५ साउन २०७८, मंगलवार १७:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु