काँग्रेस सुदूरपश्चिमको सभापतिका लागि ५ जना आकांक्षी, चार जना देउवा पक्षधर

नेपाली काँग्रेसको १४ औ महाधिवेशन नजिकिँदै गर्दा वडा तहदेखि प्रदेश तहसम्म नेताहरु नेतृत्वका लागि सक्रिय भएर लागेका छन् । नेतृत्व हत्याउन नेताहरु दौडधुप गरिरहेका छन् ।

यसैक्रममा सुदूरपश्चिम प्रदेशको सभापतिका लागि पाँच जना नेताहरु आकांक्षी देखिएका छन् । सुदूरपश्चिम प्रदेश सभापतिका लागि अछामका दुई जना, कञ्चनपुर, बझाङ र कैलालीका एकरएक जना टिकटका लागि लबिङमा छन् ।

सभापतिका लागि अछामका बलबहादुर कुँवर र गोविन्द शाह छन् । शाह पूर्व सञ्चार राज्यमन्त्रीसमेत हुन् । यस्तै, कैलाली काँग्रेसको दुई पटक नेतृत्व लिइसकेका बर्तमान सभापति नरनारायण शाह (मनु) सभापतिका लागि खुलेरै लागिसकेका छन् । कञ्चनपुरका बहादुरसिंह थापा र बझाङका अर्जुनजंगबहादुर सिंह पनि सभापतिका आकांक्षी छन् । थापा कञ्चनपुरका पूर्व पार्टी सभापति हुन् ।

प्रदेश सभापतिका आकांक्षीमध्ये कैलालीका शाहको बढी चर्चा रहेको काँग्रेस नेताहरु बताउँछन् । उनी खुलेरै लागिसकेका भएकाले पनि उनको चर्चा बढी भएको हुनसक्ने बताइएको छ ।

काँग्रेसको प्रदेश सभापतिका आकांक्षीमध्ये कैलालीका नरनारायण शाह र अछामका गोविन्द शाहबाहेक अरु नेताहरुको नाम जिल्ला सभापतिको आकांक्षीमा पनि सुनिँदै आएको छ । प्रदेश सभापतिका आकांक्षीमध्ये अछामका बलबहादुर कुँवर पौडेल पक्ष मानिन्छन् । अन्य चार जना देउवा पक्षधर हुन् ।


५ साउन २०७८, मंगलवार १६:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु