punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लगातारको वर्षाले बझाङमा टेलिफोन सेवा अवरूद्ध

Chaupati
safha napa

केही दिनदेखि परेको लगातारको वर्षाका कारण बझाङमा टेलिफोन सेवा अवरूद्ध भएको छ। टेलिफोन टावरहरूमा राखिएका सोलारमा चार्ज नहुँदा टेलिफोन सेवा अवरुद्ध भएको बताइएको छ।

जिल्लाको खप्तड छान्ना, बित्थडचिर गाउँपालिकालगायत बुङंगल नगरपालिका, सुर्मा, मष्टा, तल्कोट, साइपाल, दुर्गाथली र छबीस पाथिभेरा गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको जनाइएको हो। सोलार प्यानलबाट टावरमा चार्ज नहुँदा लगातारको वर्षा र बादल लागेको दिन नेटवर्क अवरुद्ध भइरहने नेपाल टेलिकम शाखा बझाङले जनाएको छ।


५ साउन २०७८, मंगलवार १२:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु