punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

महाकाली लोकमार्ग र जयपृथ्वी राजमार्ग अवरुद्ध

Chaupati
safha napa

केही दिनदेखिको अविरल वर्षाका कारण महाकाली लोकमार्ग र जयपृथ्वी राजमार्ग अवरुद्ध भएका छन्।

महाकाली लोकमार्ग अन्तरगत सतबाँझ–गोकुलेश्वर सडकखण्डको बैतडीको सुर्नया गाउँपालिका ३ धरमघर भन्ने स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।

सडकमाथिबाट पहिरो खसेकाले अहिले गाडीहरु बीचबाटोमै रोकिएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। अहिले पहिरो पन्छ्याउनका लागि प्रयास भइरहेको प्रहरीले बताएको छ।

यस्तै जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको ढोल्यामोडमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। राजमार्ग अवरुद्ध हुँदा गाडीहरु रोकिएका छन्।


५ साउन २०७८, मंगलवार १२:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु