punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीको मोहना नदीमा बाढी, सर्तकता अपनाउन आह्वान

Chaupati
safha napa

कैलालीमा रहेको मोहना नदी मालाखेतीमा जल सतहले सतर्कता तह पार गरेकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा ठाउँमा दिउँसोसम्म नै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तै महाशाखाका अनुसार आज नारायणी, कर्णाली, महाकाली, तिनाउ, पश्चिम राप्ती र बबई नदीका केही सहायक नदीमा पानीको बहाव बढ्ने छ । केही साना नदीमा आकस्मिक बहाव भइ सतर्कता तह आसपाससम्म पुग्न सक्ने भएकाले तटीय तथा डुबान भइरहने क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ ।

प्रदेश १ काे इलाम, झापा, माेरङ, सुनसरी, धनकुटा, पाँचथर, उदयपुर, साेलुखुम्बु, सङ्खुवासभा, ओखलढुङ्गा र खाेटाङका नदीमा बहाव केही बढ्ने र केहीमा आकस्मिक बहाव हुने सक्ने बाढी पूर्वानुमान महाशाखाकाे अनुमान छ ।

यस्तै प्रदेश २ काे महाेत्तरी, धनुषासहित वाग्मती प्रदेशकाे दाेलखा, सिन्धुली, सिन्धुपाल्चाेक, रसुवा, धादिङ, नुवाकाेट, काठमाण्डाै, चितवन, मकवानपुरका नदीमा पनि बहाव बढ्न सक्ने महाशाखाले जनाएकाे छ ।

गण्डकी प्रदेशकाे गाेरखा, लमजुङ, तनहुँ, नवलपुर, स्याङ्जा, कास्की, म्याग्दी, बाग्लुङ, पर्वतसहित लुम्बिनी प्रदेशकाे परासी, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, राेल्पा, रुकुम पूर्व, दाङ, बाँके, बर्दियाका नदीमा पनि बहाव बढ्न सक्ने महाशाखाकाे अनुमान छ ।

यस्तै कर्णाली प्रदेशकाे रुकुम पश्चिम, जाजरकाेट, दैलेखसहित सुदूरपश्चिम प्रदेशकाे दार्चुला, बैतडी, डडेल्धुरा, डाेटी, अछाम, कैलाली, कञ्चनपुर आसपास जिल्ला भइ बग्ने ससाना नदीमा बहाव केही बढ्न सक्ने हुँदा सतर्कता अपनाउन महाशाखाकाे आग्रह छ ।


३१ असार २०७८, बिहीवार १२:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु