punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जानकी गाउँपालिका दोस्रो साक्षर पालिका घोषित

Chaupati
safha napa

टीकापुर । कैलालीको जानकी गाउँपालिकालाई साक्षर पालिका घोषणा गरिएको छ । गाउँपालिकालाई एक कार्यक्रमबीच शिक्षा विकास तथा समन्वय एकाइ कैलालीका प्रमुख बैकुण्ठ सुवेदीले साक्षर पालिका घोषणा गर्नुभएको हो ।

पालिकामा रहेका १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिक साक्षर भएपछि गाउँपालिकालाई साक्षर घोषणा गरिएको हो । साक्षर पालिकाका लागि राष्ट्रभाषा वा मातृभाषाका वर्णका अक्षरको पढाइ र लेखाइ गर्न सक्ने, राष्ट्रभाषा वा मातृभाषामा लेखिएको मूल्यसूची र बिलको पढाइ, आफ्ना परिवारका सदस्यको नाम, उमेर लेखाइ र पढाइ, मोबाइल र क्यालकुलेटरका अङ्क तथा अक्षर चिनेर प्रयोग गर्न जान्ने, शून्यदेखि नौसम्मका अङ्कका अक्षर लेखाइ, एकदेखि १०० सम्म सङ्ख्या गणना, लेनदेनको हिसाब राख्नेलगायतका सूचक रहेका छन् ।

पालिकामा रहेका सबै निरक्षर नागरिकले यी सबै सूचक पूरा गरेपछि साक्षर घोषणा गरिएको शिक्षा अधिकृत धर्मानन्द कपाडीले बताउनुभयो । सरकारले विसं २०७६ भित्र देशका सबै जिल्ला नै पूर्ण साक्षर घोषणा गरी नेपाललाई नै साक्षर देश घोषणा गर्ने लक्ष्य राखेको थियो तर नेपालमा कोरोना महामारी फैलिएपछि सबै सूचक पूरा गरे पनि घोषणा कार्यक्रममा केही ढिलाइ भएको बताइन्छ ।

कैलालीमा अझै पनि तीन प्रतिशत नागरिक निरक्षर रहेको तथ्याङ्क छ । शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख सुवेदीले गाउँपालिकाले साक्षर घोषणा कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । “घोषणापछि शैक्षिक गतिविधि निरन्तर गर्नुपर्छ, निरक्षर व्यक्ति कोही बचेका वा बसाइसराइँ गरी आएमा उनीहरुलाई निरक्षर बनाउने कार्यमा खट्नुपर्छ”, सुवेदीले भन्नुभयो, “निरन्तरता दिन चुनौती छ, यसमा पालिकाले बजेट विनियोजन गरेरै काम गर्नुपर्छ, साक्षरमात्र होइन पूर्ण साक्षरतातिर लैजान गाउँपालिकाले ध्यान दिनुपर्छ ।”

गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले शिक्षाको विकासले गाउँपालिकाको अन्य विकासमा पनि सहयोग पुग्ने भएकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । “गाउँपालिकाको साक्षरता घोषणा कार्यक्रमलाई निरन्तरता दिन विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ”, अध्यक्ष चौधरी भन्नुहुन्छ, “हामी शिक्षामा लगानी गर्न कञ्जुस्याइँ गर्ने छैनौँ, यो कार्यक्रम निरन्तर हुनेछ ।”

उपाध्यक्ष उमा महतोले गाउँपालिकालाई साक्षर घोषणा कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । “सबै सक्रिय भएर सम्भव भयो, शिक्षक, विद्यालय, प्रधानाध्यापक, समुदायका नागरिकलाई धन्यवाद छ”, उहाँ भन्नुहुन्छ, “शिक्षा नै विकासको आधार हो, शिक्षित नागरिकमा श्रम गर्ने, आयआर्जनसँग जोडिने हिम्मत आउँछ, त्यसैले हामी गम्भीर छौँ ।”

राष्ट्रिय शिक्षा प्रारम्भिक कार्यक्रमका कार्यक्रम संयोजक उषा जोशीले गाउँपालिकालाई कैलालीको दोस्रो साक्षर पालिका घोषणा गर्न आफूहरु सहयोगीका रूपमा रहेको बताउनुभयो । “साक्षर पालिका घोषणा कार्यक्रमलाई सफल पार्न हामी शैक्षिक नीति र योजना निर्माणमा सघाउनेछौँ”, उहाँले भन्नुभयो । गाउँपालिकालाई साक्षर घोषणा गर्न गाउँगाउँमा प्रौढ शिक्षा, पढ्नका लागि प्रोत्साहनजस्ता कार्य गरेको थियो ।


३१ असार २०७८, बिहीवार १२:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु