कैलालीको गेटामा खुल्यो ७५ लाखको लगानीमा ‘बासु मार्ट’, हरेक सामानमा छुट अफर !

धनगढी । कैलालीमा करिब ७५ लाखको लगानीमा ‘बासु मार्ट’ सञ्चालनमा आएको छ । जिल्लाको गोदावरी नगरपालिका-५ मा व्यवसायी स्वता कुमारी भट्ट (जोशी) को लगानीमा उक्त मार्ट सञ्चालनमा ल्याईएको हो । यस क्षेत्रका ग्राहकहरुको सुविधा लाई मध्येनजर गर्दै गोदावरीको गेटामा आफुले मार्ट सञ्चालन गरेको प्रोपराईटर स्वेता कुमारी भट्ट (जोशी) ले जानकारी दिइन् ।

गेटामा मार्ट खोल्नुको प्रमुख उद्धेश्य यस क्षेत्रमा काक्लो बस्ती हुनुका साथै मेडिकल कलेज सञ्चालनमा आईरहेकाले यहाँका बासिन्दा लाई अत्तरिया र धनगढी बजार पुग्नु पर्ने बाध्यताको अन्त्य गर्नु रहेको उनले बताईन् । बजारभरिका पसल–पसल डुलेर सामान छान्दै किन्ने झन्झटबाट ग्राहकलाई मुक्ति दिलाउन आफुले गेटामा मार्ट सञ्चालन गरेको उनी बताउँछिन ।

एउटै छानामुनि दैनिक उपभोग्य र घरायसी सामग्री सहज रूपमा उपलब्ध गराउन मार्ट सञ्चालनमा ल्याईएको हो । हाल ओपनिङमा हरेक सामानहरु किन्दा छुट अफर रहेको प्रोपराईटर स्वेता कुमारी भट्ट (जोशी) ले जानकारी दिइन् ।


२३ असार २०७८, बुधवार ११:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु