punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा वेवारिसे भेटिएका एक पुरुषको मृत्यु

Chaupati
safha napa

कैलालीमा वेवारिसे अवस्थामा फेला परेका एक पुरुषको मृत्यु भएको छ।जिल्लाको गोदावरी नगरपाकिा- २ शर्मा स्टोर नजिकै अन्दाजी ४५ वर्षिय पुरुषको मृत्यु भएको हो। सोममबार ३ बजे उनी शर्मा स्टोर अगाडी बेहोस अवस्थामा फेला परेका थिए।

कालो रङमा रातो धर्का भएको ट्राउजर, क्रिम कलरको कालो बाहुलामा रातो धर्का भएको हाफ टिसर्ट र म्याजिक कम्पनीको निलो चप्पल लगाएको, मंगोलियन मुलकोजस्तो देखिने पुरुष बेहोस अवस्थामा छन् भन्ने खबर पाएपछि ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले उनलाई उपचारको लागि धनगढी ल्याइएको थियो।

पुरुषको सेती प्रादेशिक अस्पताल उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मृतकको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ। मृतकको नाम र ठेगाना भने नखुलेको प्रहरीले बताएको छ।


२२ असार २०७८, मंगलवार ११:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु