punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आजदेखि बैतडीमा कोरोना विरुद्धको खोपको दोस्रो मात्रा लगाइँदै

Chaupati
safha napa

बैतडी : बैतडीमा आजदेखि कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै छ।गत जेठ २८ देखि जिल्लामा सञ्चालन भएको कोरोना विरुद्धको खोप अभियान अन्तरगत भेरोसेलको पहिलो मात्रा लगाएका नागरिकलाई दोश्रो मात्रा लगाउने तयारी भएको स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर निरीक्षक हरिश भट्टले बताए।

खोपको पहिलो मात्रा लगाएका नागरिकलाई नजिकको खोप केन्द्रमा खोप कार्ड सहित जान आग्रह गरिएको छ।दशरथचन्द नगरपालिका, शिवनाथ गाउँपालिका र दोगडाकेदार गाउँपालिकाका नागरिकलाई भोली भेरोसेल खोपको दोस्रो मात्रा दिइनेछ।

यस्तै मेलौली नगरपालिकाका नागरिकलाई असार २३ गते खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ।

यस्तै पाटन नगरपालिका, पञ्चेश्वर गाउँपालिका र डिलाशैनी गाउँपालिकाका नागरिकलाई असार २५ गते खोप लगाइनेछ भने सिगास र सुर्नया गाउँपालिकाका नागरिकलाई असार २६ गते खोप लगाइनेछ।

पुर्चौंडी नगरपालिकाका नागरिकलाई असार ३१ गते खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ। प्रत्येक वडाका स्वास्थ्य संस्थाहरुमा खोप केन्द्र तोकिएको र तोकिएका ठाउँमा खोपको दोश्रो मात्रा लगाइने बताइएको छ।

बैतडीमा करीब ३ हजार नागरिकले कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन्। पहिलो मात्रा लगाएका नागरिकलाई दोस्रो मात्रा दिने तयारी भएको हो।


२२ असार २०७८, मंगलवार ११:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु