punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मोडल निशा घिमिरेको स्वास्थ्यमा केही सुधार

Chaupati
safha napa

काठमाडौं । कलाकार तथा मोडल निशा घिमिरेको स्वास्थ्यमा केही सुधार आएको नर्भिक अस्पतालका चिकित्सकले बताएका छन् । उनको निशाले केही काम गर्न थालेको चिकित्सकको कथन छ । लामो समयदेखि शारीरिक हलचल नभएका कारण उनको नशामा समस्या देखिएको थियो ।

यता निशालाई आर्थिक सहयोग जुट्ने क्रममा जारी छ । यसै क्रममा अभिनेत्री आँचल शर्माले निशालाई १ लाख सहयोग गर्ने भएकी छन् । उनी आइतबार निशालाई भेट्न अस्पताल पुगेकी थिइन् । आँचलले यही शनिबार निशाका पितालाई १ लाख रुपैयाँ हस्तान्तरण गर्ने भएकी छन् ।

उनको स्वास्थ्यमा सुधार हुँदै गएका कारण निशा चाँडै निको हुनेमा आफू विश्वस्त रहेको उनले बताइन् । यता चलचित्र विकाश बोर्डले पनि निशालाई ५१ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।


२ असार २०७८, बुधवार १२:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु