punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाजुरामा खोलामा बगेका एक जनाको शव भेटियो,अर्का अझै वेपत्ता

Chaupati
safha napa

बाजुरामा खोलाले बगाएर वेपत्ता भएका एक जनाको २ दिनपछि शव भेटिएको छ भने अर्का अझै वेपत्ता छन्।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बुढीनन्दा नगपालिका–३ सिराडीको लौठी रुखकी ३६ वर्षीया मोतीकला लुहारको शव भेटिएको हो। उनको मंगलबार शव भेटिएको प्रहरीले जनाएको छ।

यस्तै त्रिवेणी नगरपालिका–५ किम्नीका  १३ वर्षीय कमल बुढा भने अझै वेपत्ता छन्। उनको खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ।

सोमबार  परेको  अविरल वर्षासँगै किम्नी खोलामा आएको बाढीले बगाउँदा उनीहरु वेपत्ता भएका थिए। लुहारको शव घटना भएको ठाउँबाट २० किलोमिटर टाढा भेटिएको प्रहरीले जनाएको छ।


२ असार २०७८, बुधवार १२:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु