punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दोस्रो चरणको कोरोनाबाट कञ्चनपुरमा १७६ जनाले ज्यान गुमाए

Chaupati
safha napa

कञ्चनपुर। दोस्रो चरणको कोरोना भाइरसको सङ्क्रमणबाट कञ्चनपुरमा हालसम्म डेढ सय बढी जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार जेठ अन्तिम सातासम्म १७६ जनाको कोरोनाका कारण मृत्यु भएको छ। मृत्यु हुनेमा महिलाभन्दा पुरुष दोब्बर छन्। मृत्यु हुनेमा पुरुष १२२ र महिला ५४ छन्।

स्थानीय तह अनुसार भीमदत्त नगरपालिकामा सबैभन्दा बढी ९७ र लालझाडी गाउँपालिकामा सबैभन्दा कम एक जनाको मात्रै मृत्यु भएको छ। भीमदत्तपछि वेदकोट नगरपालिकामा १६, दोधारा चाँदनीमा १४, बेलौरीमा १३, कृष्णपुरमा ११, शुक्लाफाँटामा १०, पुनर्वासमा सात र बेलडाँडी गाउँपालिकामा चार जनाको मृत्यु भएको छ।

स्वास्थ्य कार्यालयका अधिकारीहरुका अनुसार ज्यान गुमाउने सबैभन्दा बढी बाह्मण थरका व्यक्ति छन्। मृत्यु हुनेमा अन्यको तुलनामा जनजाति र दलित समुदायका कम छन्। अधिकांश जनजाति समुदाय बस्ने लालझाडीमा एक जनाको मात्रै मृत्यु भएको छ।
स्वास्थ्य कार्यालयका अनुसार पिसिआर परीक्षणबाट पाँच हजार ११ जनामा कोरोना सङ्क्रमण देखिएको छ। तीमध्ये तीन हजार ३५९ पुरुष र एक हजार ६५२ महिला छन्। पिसिआरबाट कोरोना देखिएकामध्ये हाल ३८५ सक्रिय सङ्क्रमित छन्। अन्य सबै उपचारपछि घर फर्किएका छन्।
स्थानीय तहअनुसार पिसिआर परीक्षणबाट भीमदत्तमा सबैभन्दा बढी दुई हजार २८८ जनामा कोरोना देखिएको छ। त्यसपछि वेदकोटमा ५६१, शुक्लाफाँटामा ४४८, बेलौरीमा ४३९, कृष्णपुरमा ४३५, पुनर्वासमा ३२९, दोधारा चाँदनीमा १४९, बेलडाँडीमा ९५ र लालझाडीमा ६७ जनामा सङ्क्रमण देखिएको छ। एन्टिजेन परीक्षणबाट दुई हजार २२० जनामा सङ्क्रमण देखिएको छ। तीमध्ये हाल २२६ सक्रिय सङ्क्रमित छन्।
एन्टिजेन परीक्षणबाट भीमदत्तमा ५८३, दोधारा चाँदनीमा ३५७, वेदकोटमा १०६, शुक्लाफाँटामा ५४, कृष्णपुरमा ८७, पुनर्वासमा ३०३, बेलौरीमा ९६ र बेलडाँडीमा ४६ जनामा सङ्क्रमण देखिएको छ। पश्चिमी सीमानाका गड्डाचौकीमा गरिएको परीक्षणमा ५४० जनामा कोरोनाको सङ्क्रमण देखिएको छ। गड्डाचौकीमा भारतबाट फर्किने व्यक्तिको एन्टिजेन परीक्षण गरिएको थियो।रासस

२६ जेठ २०७८, बुधवार १३:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु