Hotel Flora Long Ad

बढ्यो सुनको मुल्य, तोलाको कति ?

बुधबार स्थानीय बजारमा सुनको भाउ उकालो लागेको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक सय रुपैयाँले बढेर ९४ हजार २०० रुपैयाँ पुगेको छ ।

मंगलबार ९४ हजार १०० रुपैयाँ रहेको सुनको भाउ आज बढेको हो । सोही परिमाणको तेजावी सुनको मूल्य आज ९३ हजार ७०० रुपैयाँ कायम गरिएको छ ।

यता, चाँदीको भाउ भने प्रतितोला पाँच रुपैयाँले घटेको छ । मंगलबार एक हजार ३५५ रुपैयाँ रहेको चाँदीको भाउ बुधबार एक हजार ३५० रुपैयाँमा कारोबार गर्न महासंघले जनाएको छ ।


२६ जेठ २०७८, बुधवार १३:२७ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु