punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा कुखुरा सहित काठ बरामद

Chaupati
safha napa

कञ्चनपुरमा काठ र कुखुरा बरामद गरिएको छ। सशस्त्त प्रहरीबल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरबाट सहायक प्रहरी निरीक्षक शैलेन्द्र सिंह चैसिरको कमाण्डमा खटीएको मोबाइल गस्ति टोलीले सालको काठ  बरामद गरेको हो।

जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२  बसन्तपुर सामुदायिक जंगलमा अबैध रुपमा सालको रुख काटी ढालेको अवस्थामा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

१ लाख ३० हजार मुल्य बराबरको ७५ क्युफिटको सो काठ नियन्त्रणमा लिई शुक्लाफाटा वन डिभिजन कार्यालयका रेञ्‍जर दुर्गेश धामीको रोहबरमा श्री जनजागरण सामुदायिक वन कार्यालय बसन्तपुरमा बुझाईएको जनाइएको छ।

यस्तै  बोडर आउट पोष्ट जिमुवाबाट खटी गएको सीमा गस्ती टोलीले गस्ती गर्ने क्रममा भारतबाट भन्सार छली नेपाल भित्र्याउँदै गरेको ७० हजार मुल्य बराबरको २ हजार  गोटा प्रतिबन्धित बोईलर कुखुराको चल्ला बरामद गरी पशुक्वारेन्टाईन कार्यालयमा बुझाएको जनाएको छ।


२६ जेठ २०७८, बुधवार १३:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु