punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रोकिएन नेपाली भूमिमा एसएसबीको दादागिरी

Chaupati
safha napa

कञ्चनपुर । कञ्चनपुर जिल्लाका विभिन्न क्षेत्रमा लामो समयदेखि सिमा नाकाको विवाद कायमै रहेको छ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ८ सुन्दरनगरमा वर्षौंदेखि खेती गर्दै आइरहेका नारायणप्रसाद अधिकारीको परिवारलाइ भारतीय सीमा सुरक्षा बल एसएसबीले खेती लगाउने र घर भित्राउने समयमा दुःख दिँदै आइरहेको छ।

उनले सेतो पुर्जाको राजस्व नेपाल सरकारलाई बुझाएको बिल समेत राखेका छन्। उक्त जमिनमा २०२२ सालदेखि आफूले खेती गर्दै आइरहेको र यो खेतीबाली लगाउने समयमा भारतीय पक्षले आएर हरेक बर्ष दुःख दिने गरेको अधिकारीले बताए।२०५४ सालको नापीको फिल्ड बुकमा कायम भएर २०६६ सालमा सेतो पुर्जा पाइसकेका छन्।

यसरी नेपाली सिमा नाकामा दादा गीरी देखाउदै धम्क्याउँदै आइरहेका एसएसबीको दुःख र कष्ट भोग्दै आएका अधिकारी परिवार र स्थानीयले नेपाली सीमा नाकामा दादागिरी देखाउनु भन्दा चाइना र कार्गेलमा गएर यस्तो दादागिरी देखाउनुस् भन्ने प्रतिउत्तर दिएका थिए। तर एसएसबीले उल्टै नेपालीलाइ खेतबारीबाटै उठाएर लग्ने ठाडो धम्की दिएका छन्।

भारतीय एक उच्च अधिकारीले आफ्ना सुरक्षाकर्मीलाइ धेरै बोल्नेको फोटो खिचेर राख्न आदेश दिएको छ। स्थानीय र अधिकारी परिवारले धेरै बोलेमा एफआइआर दर्ज गरी खेतबाट नै उठाएर लग्ने धम्कीसमेत एसएसबीले दिएका छन्।

भारतीय पक्षले उक्त जमिन ‘नो मेन्स लेण्ड’मा पर्ने भन्दै खेतीपाती लगाउन रोक्दै आई रहेको त्यहाँका स्थानीयले बताएका छन्।


२६ जेठ २०७८, बुधवार ११:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु