punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कर्नीले हानेर साथीको हत्या गर्ने एक जना पक्राउ

Chaupati
safha napa

कैलालीमा आफ्नै साथीको हत्या गर्ने एक जना पक्राउ परेका छन्। जिल्लाको  कैलारी गाउँपालिका वडा नम्बर  ४ के गाउँका ३९ वर्षीय सोम बहादुर बस्नेत पक्राउ परेका हुन्।

ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले सोही ठाउँस्थित बिरेन्द्र सामुदायीक बनमा लुकिछिपी बसेको उनलाई पक्राउ गरेको हो।

उनले गत २४ गते सोमबार लम्कीचुहा नगरपालिका वडा नम्बर  २ मोतिपुरस्थित पदम बहादुर बुढा क्षेत्रीको मिनि पक्की घरमा बिगत १ महिना देखी डेरा कोठा गरी बस्दै आएका ज्याला मजदुरीको काम गर्ने धनगढिका ३६ वर्षीय बिशाल बुढाथोकीको हत्या गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पदमको टाउँकोको पछाडी घाउँ चोट रहि मृत अवस्थामा फेलापरेको थियो। घटना अनुसन्धान गर्दै जाने क्रममा घटनापश्चात भागी फरार भएका उनीसँगै डेरा कोठामा बस्ने सोम बहादुरलाई पक्राउ गरेको हो।

प्रारम्भिक अनुसन्धानको क्रममा  २३ गते आइतबार बेलुकी मृतक बिशाल बुढाथोकीसंगै सोम बहादुर बस्नेतले स्थानीय बजार र सोहि डेरा कोठामा बसि घरेलु मदिरा सेवन गरी दुबै जनाबीच बादविवाद हुदाँ घरकोठामा रहेको फलामको कर्नीले टाउँकोमा हिर्काएको प्रहरीले जनाएको छ।

सोही चोटका कारण बिशाल बुढाथोकीको मृत्यु भएको  प्रहरी अनुसन्धानबाट खुलेको छ।

घटनास्थलबाट कर्नी समेत बरामद गरी घटना सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको  छ भने  मृतकको हाल सम्म एकिन पहिचान खुल्न नआएको  प्रहरीले जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताएका छन्।


२६ जेठ २०७८, बुधवार ११:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु