कालो ढुसीको संक्रमणबाट सेती अस्पताललमा एक जनाको मृत्यु
धनगढी । सेती प्रादेशिक अस्पताललमा उपचाररत एक जना म्यूकोर्माइकोसिस (कालो ढुसी)को संक्रमितको मृत्यु भएको छ।
यहि जेठ १७ गतेदेखि अस्पतालमा उपचाररत कैलालीको बर्दगोरियाका– ६ तुलसीपुरका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो। उनको बिहीबार बिहान ७ बजे मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।
२० जेठ २०७८, बिहीवार १२:४४ बजे प्रकाशित































